सुन चाँदीको मूल्यमा उतार चढाव, आज कति पुग्यो?

0 Shares

काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार स्थानीय बजारमा सन चाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य प्रतितोला दुई हजार २०० रुपैयाँ र चाँदी मूल्य तोलामा ८५ रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९६ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।

बिहीबारको बजारमा सुनको मूल्य दुई लाख ९४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदी प्रतितोला चार हजार ९६० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबारको बजारमा चाँदी प्रतितोला चार हजार ८७५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।

सम्बन्धित समाचार