काठमाडौं । आज उपसभामुखको निर्वाचन हुँदै छ । दिउँसो ४ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा सभामुखको निर्वाचनसम्बन्धी प्रस्ताव पेश हुने कार्यसूची रहेको छ ।
उपसभामुखमा श्रम संस्कृति पार्टीकी रुवी कुमारी ठाकुर र राप्रपाकी सरस्वती लामाले उम्मेदवारी दर्ता गरेका छन् । ठाकुरको प्रस्तावक श्रम संस्कृति पार्टीका सांसद आरेन राई रहेका छन् भने समर्थकमा रास्वपा सांसद अशोक कुमार चौधरी र श्रम संस्कृति पार्टीकी सांसद अम्बिका देवी संग्रौला छन् ।
राप्रपाकी उम्मेदवार लामाको प्रस्तावकमा राप्रपाका सांसद ज्ञानेन्द्र शाही छन् । समर्थकमा राप्रपाका सांसद ताहिर अलि भाट, खुस्बु ओली र भारत गिरी छन् ।
उपसभामुखमा सत्तारुढ दल रास्वपाले अन्तिम समयमा श्रम संस्कृति पार्टीलाई समर्थन हो । त्यस्तै श्रम संस्कृतिलाई कांग्रेस, एमाले र नेकपाले पनि समर्थन गरेका छन् ।
सत्तारुढ दलसहित विपक्षी दलको समर्थन रहेकाले श्रम संस्कृति पार्टीकी रुवी कुमारी उपसभामुख बन्ने निश्चित छ ।