उपसभामुख उम्मेदवार रुवीलाई कांग्रेसको पनि समर्थन

0 Shares

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदमा श्रम संस्कृति पार्टीकी उम्मेदवार रुवीकुमारी ठाकुरलाई प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस पनि साथ दिने भएको छ ।

बिहीबार भएको उपसभामुखको उम्मेदवारमा श्रम संस्कृतिबाट रुवीकुमारी उम्मेदवार बनेकी छन् । उपसभामुखमा राप्रपाले सरस्वती लामालाई उम्मेदवार बनाएको छ ।

स्रोतका अनुसार श्रम संस्कृति पार्टीबाट उम्मेदवार बनेकी रुवीकुमारीलाई पार्टीले समर्थन गर्ने भएको हो । श्रम संस्कृतिको उम्मेदवार रुवीकुमारलाई सत्तारुढ दल रास्वपाले पनि समर्थन गर्ने भएको छ ।

सम्बन्धित समाचार