रास्वपाले उपसभामुखमा राप्रपाका उम्मेदवार तामाङलाई समर्थन गर्ने

0 Shares

काठमाडौं । प्रतिनिधि सभाको उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले राप्रपालाई समर्थन गर्ने भएको छ। बिहीबार रास्वपा र राप्रपाबीच भएको छलफलमा सहमति जुटेको राप्रपाका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले जानकारी दिए। ‘रास्वपाले राप्रपालाई समर्थन गरिसक्यो,’ शाहीले भने।

यसअघि चैत २१ गते पनि रास्वपा सभापति लामिछाने र राप्रपा संसदीय दलका नेता शाहीबीच भेटवार्ता भएको थियो। लामिछानेको निवासमा भएको भेटवार्तामा पनि उपसभामुखलाई लिएर छलफल भएको थियो।

प्रतिनिधि सभाको उपसभामुखका लागि बिहीबार दिउँसो २ बजेसम्म उम्मेदवारीको समय तोकिएको छ। उपसभामुखका लागि शुक्रबार प्रतिनिधि सभामा निर्वाचनको कार्यक्रम तय गरिएको छ। प्रतिनिधि सभाको उपसभामुखमा राप्रपाबाट सरस्वती तामाङ उम्मेदवार बन्ने भएकी छन्। राप्रपा नेतृत्वले तामाङलाई उम्मेदवार बनाउने निर्णय गरेका हो।

सम्बन्धित समाचार