सुनचाँदीको मूल्यमा भारी वृद्धि, किनबेच कतिमा हुँदैछ ?

0 Shares

काठमाडौं । आज बुधबार सुनचाँदीको भाउ वृद्धि भएको छ । यस दिन सुनको भाउ तोलामा ७ हजार २०० रूपैयाँले वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो मंगलबार एक तोला सुनको मूल्य २ लाख ९१ हजार ८०० रुपैयाँ थियो । आज बुधबार २ लाख ९९ हजार रुपैयाँमा उक्लिएको छ ।

तोलाको ९५ रूपैयाँले बढेर चाँदीको भाउ ५ हजार २५ रुपैयाँ पुगेको छ ।

सम्बन्धित समाचार