लजास्पत हारपछि कांग्रेस सहित स्थापित दलले सभामुखमा उम्मेदवारी नदिने

0 Shares

काठमाडौँ । नेपाली कांग्रेसले सभामुख पदमा उम्मेदवारी नदिने निर्णय गरेको छ । शुक्रबार बसेको नेपाली कांग्रेसका शीर्ष नेता बैठकले सो निर्णय गरेको हो ।

सभामुख पदमा उम्मेदवारी नदिने निर्णय भएको सो पार्टीका प्रवक्ता देवराज चालिसेले जानकारी दिए। उनले भने, ‘जनमतको सम्मान गर्दै शीर्ष नेताको बैठकले सभामुख पदमा उम्मेदवारी नदिने निर्णय गरेको छ ।’ यस निर्वाचनमा कांग्रेस ३८ सिट सहित दोस्रो भएपछि सभामुखमा उम्मेदवारी नदिने भएको हो ।

निर्वाचनमा कांग्रेस सहित नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी लगायत लजास्पत हारेपछि उम्मेदवारी दिए पनि कुनै अर्थ नहुने देखिएको छ ।

यदी सभामुखमा रास्वपाका डिपी अर्यालले मात्रै उम्मेदवारी दिए चैत २२ गते सर्वसम्मत रुपमा चयन हुने देखिएको छ ।

 

सम्बन्धित समाचार