जन्ती गएकी युवतीलाई नशालु पदार्थ खुवाएर बलात्कार, चार जना पक्राउ

0 Shares

काठमाडौं । बाँकेको राप्तीसोनारी गाउँपालिकामा एउटा विवाहको जन्ती गएकी युवती सामुहिक बलात्कारको शिकार भएकी छन्।

माघ २१ गते साथीसँग जन्ती गएकी १८ वर्षीया किशोरीमाथि चार युवकले नशालु पदार्थ खुवाएर सामुहिक बलात्कार गरेको घटना बाहिर आएको छ।

परिवारका सदस्यहरूका अनुसार, घटनापछि किशोरी मानसिक रूपमा यति धेरै कमजोर भइन् कि उनी कसैसँग बोल्न वा घटना खुलाउन सक्दिनथिन्। डर, त्रास र आघातले उनलाई लामो समयसम्म घरभित्रै थुन्यो। बिस्तारै सुधार हुँदै गएपछि मात्र उनले परिवारलाई बताएकी थिइन्।

उनले बोल्ने हिम्मत गरेलगत्तै सामुहिक बलात्कार घटनामा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेको छ।

कोहलपुर नगरपालिका–५ का २१ वर्षीय आशिष थारू, कोहलपुर–६ का २७ वर्षीय सन्दीप थारू, २१ वर्षीय निरज थारू र १६ वर्षीय एक किशोरलाई बाँके प्रहरीले पक्राउ गरेको हो।

युवकहरूमाथि जबरजस्ती करणी मुद्दा चलाइएको जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी अंगुर जिसीले बताए।

 

सम्बन्धित समाचार