प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

0 Shares

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले आज मन्त्रिपरिषद् बैठक बोलाएका छन् । प्रधानमन्त्री बालेन शाहले अपराह्न बस्ने गरी बैठक बोलाएका हुन् ।

एक मन्त्रीका अनुसार आज अपराह्न ४ बजे बैठक बोलाइएको हो । बैठक सिंदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने छ ।

यसअघि मन्त्रिपरिषद गठन भएको दिन बसेको बैठकमा सरकारले गर्ने १०० दिने कार्यसूची सार्वजनिक गरिसकेको छ । हाल त्यसलाई कार्यान्वयन गर्ने तयारीमा छ ।

जेनजी आन्दोलनमा दमन गरेको आरोपमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरिसकेको छ ।

सम्बन्धित समाचार