0
Shares
काठमाडौँ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेपछि गृहमन्त्री सुधन गुरुङले ‘आयो गोर्खाली’ भन्दै प्रतिक्रिया दिएका छन् ।
शनिबार बिहान दुई नेतालाई प्रहरीले नियन्त्रणमा लिएलगत्तै गुरुङले सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो लेखेका हुन् ।
अर्को एक पोस्टमा उनले लेखेका छन्: ‘कानुनभन्दा माथि कोही छैन, पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकलाई नियन्त्रणमा लिएका छौँ, यो कसैप्रति प्रतिशोध होइन, केवल न्यायको सुरुवात हो, मलाई विश्वास छ, अब देशले नयाँ दिशा लिनेछ।’