0
Shares
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । उनले प्रधानमन्त्रीको तयारी गरिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेतालाई सत्ता हस्तान्तरण गर्नुअघि राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी हुन् ।
भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि तत्कालीन केपी शर्मा ओली सत्ताच्यूत भएसँगै बनेको अन्तरिम सरकारको नेतृत्व गर्दै प्रधानमन्त्री कार्कीले सफतापूर्वक प्रतिनिधिसभा निर्वाचन गरिन् ।
नयाँ प्रतिनिधिसभा निर्वाचनसँगै रास्वपाले दुई तिहाई बहुमतबाट बानेल प्रधानमन्त्री बन्ने पक्का भएको छ । यसको पूर्वसन्ध्यामा प्रधानमन्त्री कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्दै सत्ता हस्तान्तरण गर्ने तयारी गरेकी हुन् ।