शपथलगत्तै एमाले सांसदलाई ओलीले च्यासल बोलायो

0 Shares

काठमाडौं । नेकपा (एमाले) का नवनिर्वाचित सांसदहरूलाई पार्टी मुख्यालय च्यासलमा बोलाइएको छ । शपथलगत्तै ३ बजे सांसदहरूलाई निम्त्याइएको हो ।

राष्ट्रियसभाका सांसदहरूलाई समेत बोलाइएको उक्त बैठकमा अध्यक्ष केपी शर्मा ओलीले संसदमा पार्टीको भूमिका र समसामयिक विषयमा ब्रिफिङसहित विशेष निर्देशन दिने बताइएको छ ।

हालै सम्पन्न प्रतिनिधिसभा चुनावमा एमालेबाट प्रत्यक्षतर्फ ९ र समानुपातिकतर्फ १६ गरी २५ जना सांसद निर्वाचित भएका छन् ।

आज २ बजे नवनिर्वाचित सांसदको शपथपछि सिंहदरबाट सिधै पार्टी कार्यालय जाने एक सांसदले बताए ।

सम्बन्धित समाचार