सभापति गगन थापाको राजीनामा अस्वीकृत

0 Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाको राजीनामा अस्वीकृत भएको छ । पार्टी केन्द्रीय कार्य समिति बैठकले सभापति थापाको राजीनामा अस्वीकृत गर्ने निर्णय गरेको हो ।

गत फागुन २१ गते सम्पन्न निर्वाचन परिणाम सन्तोषजनक नभएको भन्दै सभापति थापाले नैतिकताका आधारमा राजीनामा दिएका थिए । त्यसलाई कार्य समिति बैठकले सर्वसम्मत अस्वीकृत गर्ने निर्णय गरेको हो ।

बैठकले राजीनामा अस्वीकार गर्नुका आधारसमेत पेश गरेको थियो ।

सम्बन्धित समाचार