बालेनले प्रधानमन्त्रीको सपथ लिनुभन्दा अघि रास्वपाले बैठक बोलायो

0 Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले चैत १२ गते बिहान सचिवालय र केन्द्रीय कमिटी बैठक बोलाउन लागेको छ । सचिवालय बैठक बसेर वरिष्ठ नेता बालेन्द्र साहलाई संसदीय दलको नेता बनाउने प्रस्ताव लगिने भएको छ । त्यसपछि उक्त प्रस्तावलाई केन्द्रीय कमिटी बैठकले पास गर्नेछ ।

सचिवालय र केन्द्रीय कमिटीबाट पास गरेपछि तत्कालै उनलाई बालेनलाई संसदीय दलको नेता बनाउन लागिएको हो । रास्वपाले स्थापनाको चार वर्ष हुन लाग्दा पनि पहिलो महाधिवेशन गर्न सकेको छैन ।

त्यही कारण विधान परिमार्जनका लागि सचिवालय र केन्द्रीय कमिटी बैठकले निर्णय गर्नुपर्ने भएको छ । त्यही निर्णय गर्न सचिवालय र केन्द्रीय कमिटी बैठक बोलाउन लागिएको हो । प्रतिनिधि सभाका नवनिर्वाचित सांसदहरूले चैत १२ गते शपथ ग्रहण गर्ने कार्यतालिका छ ।

चैत १२ गते दिउँसो २ बजे शपथ ग्रहण गर्नुअगाडि नै पार्टीको बैठक बसेर बालेनलाई दलको नेता बनाउने योजना रहेको नेता गणेश पराजुली बताउँछन्।

‘सम्भवत चैत १२ गते बिहान पार्टी बैठक बसेर यी निर्णय हुन सक्छन् । शपथअगाडि यी निर्णय गरिसक्नुपर्ने तयारी पार्टी गरिरहेको छ’, उनले भने ।

 

सम्बन्धित समाचार