काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा सिंगापुरबाट हङकङ पुगेका छन् । देउवा सिंगापुरबाट थप उपचार गर्न हङकङ पुगेको उनको सचिवालयले जनाएको छ ।
देउवाको सचिवायले जारी गरेको सूचनामा भनिएको छ, ‘नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा सिङ्गापुरबाट हङकङ प्रस्थान गर्नु भएको छ।’
उनी पारिवारिक कार्यक्रममा सहभागी हुन हङकङ गएको जनाइएको छ । ‘सिंगापुरमा नियमति उपचार सकिएपछि थप उपचार र पारिवारिक कार्यक्रममा सहभागी हुन उहाँ हङकङ जानु भएको हो,’ सचिवालयले थप भनेको छ ।
हङकङमा उपचार गरी देउवा स्वदेश फर्किने जनाइएको छ । सचिवालयले जारी गरेको सूचनाअनुसार ‘हङकङमा थप स्वास्थ्य उपचार र पारिवारिक कार्यक्रम सकेर नेपाल फर्कने कार्यक्रम तय भएको छ ।’
देउवा पछिल्लो पटक स्वास्थ्य उपचारका लागि गत फागुन १४ गते सिंगापुर प्रस्थान गरेका थिए । जेनजी आन्दोलनमा कुटाई खाएर घाइते भएका देउवा दम्पतिको सिंगापुरमै उपचार भएको थियो ।