0
Shares
काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले आफू संसदीय दलको नेता बन्नुपर्ने दाबी गरेका छन् ।
केन्द्रीय कार्य समिति बैठकअघि पत्रकारसँग कुरा गर्दै उनले आफू सिनियर नेता भएकाले दलको नेतामा स्वतः दाबी भएको बताएका हुन् ।
‘म सबभन्दा सिनियर हुँ, सबभन्दा संसदीय अभ्यास र यात्रामा मैले धेरै ठूलो ठूलो योगदान गरेको छु, २०४७ सालपछिको संसद्मा कांग्रेस धान्दिनेमध्ये म पनि हुँ,’ उनले भने ।
उनले आफ्नो योगदान भुलेर गगन थापाको ससुरा भनेर प्रचार गरिएको भन्दै असन्तुष्ट व्यक्त गरे । उनले भने, ‘म गगन थापाको ससुरा भएर अर्जुननरसिंह भा हो?’ उनले भने ।
उनले केन्द्रीय कार्य समितिका सदस्य सबै जिम्मेवार भएकाले सभापतिबाट गगनले राजीनामा दिनु गलत भएको बताएका थिए ।