कुलिङ पिरियडमा अर्थमन्त्री, नयाँ मन्त्री नहुँदासम्म ‘बोल्ड’ निर्णय नहुने

0 Shares

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले शुक्रबारदेखि आफू मन्त्रालयका काममा सहभागी नहुने जानकारी दिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेललाई निर्वाचनको मत परिणामको प्रतिवेदन पेस गरेसँगै उनले मन्त्रालयको दैनिक काममा सहभागी नहुने बताएका हुन् ।

उनले सामाजिक सञ्जालमा पोस्ट गर्दै आफ्नो कुलिङ पिरियड सुरु भएको बताए । उनले भने, ‘कुलिङ पिरियङ बिगेन्स फ्रम टुडे, नो मोर नेम ट्याग्ड ट्रायल ब्यालन, प्लिज, आजदेखि कुलिङ पिरियड सुरु भयो, अब नाम जोडेर परीक्षणात्मक हल्ला नफैलाउनुहोस् ।’

योसँगै अब अर्थ मन्त्रालयले नयाँ मन्त्री नआउँदासम्म मन्त्रालयमा प्रशासनिक निर्णयहरू मात्रै गर्न पाउने छ । अहिले सरकारले नयाँ आर्थिक वर्षको बजेट निर्माण प्रक्रिया अघि बढाइरहेको छ ।

सम्बन्धित समाचार