लागू औषधसहित १५ जना पक्राउ

0 Shares

काठमाडौं । नियमित गस्तीमा रहेको प्रहरी टोलीले लागू औषधसहित विभिन्न स्थानबाट १५ जनालाई पक्राउ गरेको छ ।

केन्द्रीय प्रहरीका अनुसार झापा, बारा, महोत्तरी, चितवन र कञ्चनपुरबाट उनीहरू गत मंगलबार र बुधबार पक्राउ परेका हुन् ।

भरतपुर महानगर १ पोखरा बसपार्कबाट चिकित्सकको सिफारिसमा मात्र खरिद बिक्री गर्न पाइने औषधिसहित एक जना, भद्रपुर नगरपालिका ६ बाट खैरो हेरोइनसहित सात जना, बाराको जितपुरसिमरा उपमहानगर ३ लल्का पुल नजिकबाट नौ किलो गाँजासहित दुई जना, महोत्तरीको बर्दिबास नगरपालिका ३ बाट खैरो हेरोइनसहित चार जना र कञ्चनपुरको बेलौरी नगरपालिका १० घाँटबाट एक जनालाई पक्राउ गरिएको हो ।

सम्बन्धित समाचार