काठमाडौं । छ वर्ष कैद र २२ करोड रुपैयाँभन्दा धेरै रकम जरिवाना तोकिएका एकजना फरार अभियुक्तलाई प्रहरीले काठमाडौँबाट पक्राउ गरेको छ।
पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका वडा नम्बर-२४ वटु घर भई हाल नागर्जुन नगरपालिका-५ सितापाइला बस्दै आएका ६९ वर्षीय योगेन्द्र प्रसाद श्रेष्ठ छन्।
श्रेष्ठले नेपाल शेयर मार्केट्स एण्ड फाइनान्स लिमिटेडको कार्यकारी अध्यक्ष हुँदा करोडौँ रकम ठगी गरेका थिए।
उनले अनियमित एवं गैरकानुनी तवरले निक्षेपकर्ता एवं संस्थाको हित विपरीत हुने कार्य गरी बैङ्किङ कसुर गरेको अभियोगमा अदालतले उनलाई ६ वर्ष कैद र २२ करोड रुपैयाँ भन्दा धेरै जरिवाना हुने फैसला गरेको थियो।
उनीविरुद्ध नेपाल राष्ट्र बैङ्क वित्तीय संस्था सुपरिवेक्षण विभाग, बालुवाटार काठमाडौँको उजुरीको आधारमा सर्वोच्च अदालतले २०८१ साल भदौ ५ गते २२ करोड ६७ लाख ४१ हजार ३४३ रुपैयाँ जरिवाना र ६ वर्ष कैद सजाय हुने फैसाल सुनाएको थियो।
उनीविरुद्ध अदालतले दुईवटा मुद्दामा २२ करोड ६७ लाख ४१ हजार ३४३ रुपैयाँ जरिवाना र ६ वर्ष कैद सजाय हुने फैसाल सुनाएको थियो। अदालतको फैसलापछि उनी फरार थिए।