इनिशा विक घटनाका दोषीलाई कडा कारवाही गर्न वाइसीएलको माग

0 Shares

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) योङ कम्युनिस्ट लिङ (वाइसीएल)का अध्यक्ष पुस्प ओलीले सुर्खेतको वीरेन्द्रनगरमा १६ वर्षीया इनिशा विकको सामूहिक बलात्कारपछि हत्या गरिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छ्न । बिहिवार बिज्ञप्ति जारी गर्दै अध्यक्ष ओलीले घटनाको निष्पक्ष र गहिरो छानबिन माग गरेका हुन ।

अध्यक्ष ओलीले कुनै प्रकारको दबाब, प्रभाव वा पक्षपात बिना निष्पक्ष रूपमा अनुसन्धान प्रक्रिया अघि बढाउन प्रहरी प्रशासनसमक्ष आग्रह गरे । नेपाली समाजमा पछिल्लो समय यस्ता जघन्य घटनाहरू दिनानुदिन बढ्दै जानु अत्यन्त दुःखद, गम्भीर तथा चिन्ताको विषय भएको उनले बताए ।

 

Screenshot

सम्बन्धित समाचार