इनिशा विकको बलात्कारपछि हत्या भएको पोस्टर्माटम रिपोर्ट

0 Shares

काठमाडौं । सुर्खेतको वीरेन्द्रनगरमा १६ वर्षीया इनिशा विकको बलात्कारपछि हत्या भएको पोस्टर्माटम रिपोर्टले देखाएको छ।

जिल्ला प्रहरी कार्यालय, सुर्खेतका प्रहरी उपरीक्षक ९एसपी० सुधिरराज शाहीले इनिशाको बलात्कारपछि अत्यधिक रक्तस्रावका कारण मृत्यु भएको पोस्टमार्टम रिपोर्टले देखाएको बताए। ‘बलात्कारपछि मृत्यु भएको हो भन्ने रिर्पोट आएको छ’, एसपी शाहीले भने, ‘सामूहिक बलात्कार हो वा होइन भन्ने विषयमा थप अनुसन्धानका लागि प्रक्रिया अघि बढेको छ।’

सुर्खेतको गुर्भाकोट नगरपालिका–६, बडाखोलीकी इनिशा अध्ययनका लागि वीरेन्द्रनगर(१ मा बस्दै आएकी थिइन्। उनी फागुन २३ गते वीरेन्द्रनगर नगरपालिका–४ को सामुदायिक वनमा अचेत अवस्थामा फेला परेकी थिइन्।

उनलाई उपचारका लागि प्रदेश अस्पताल कालागाउँ लगिएको थियो। तर, अस्पताल पुगेको केही समयमै इनिशालाई चिकित्सकले मृत घोषणा गरेका थिए।

 

सम्बन्धित समाचार