0
Shares
काठमाडौं । जाजरकोटमा पूर्व गृहमन्त्री शक्तिबहादुर बस्नेत पराजित भएका छन् । नेपाली कम्युनिस्ट पार्टीबाट उम्मेदवार रहेका बस्नेतलाई नेपाली कांग्रेसका खड्कबहादुर बुढाले पराजित गरेका हुन् । मतपरिणाम घोषणा हुन बाँकी छ ।
बस्नेत माओवादीबाट २०६४ सालदेखि निर्वाचन जित्दै आएका थिए । २०६४ साल, २०७० साल, २०७४ साल, २०७९ साल गरेर चार पटक निर्वाचन जितेका थिए । उनी गृह मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए ।
नेकपा शक्तिशाली नेता मध्येमा पर्छन् ।