0
Shares
उत्तरी गोरखाको मतपेटिका बोकेर उडेको नेपाली सेनाको हेलिकप्टर आकस्मिक अवतरण भएको छ । हेलिकप्टरलाई पोखरामा अवतरण गरेको हो ।
खराब मौसमका कारण गोरखा सदरमुकाममा जान नसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
उक्त हेलिकप्टरमा उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका १ स्थित गौरिशंकर आधारभूत विद्यालय खाङसार र साम्दो आधारभूत विद्यालय मतदान केन्द्रको मतपेटिका बोकिएको छ ।