0
Shares
काठमाडौं । प्रतिनिधिसभा निर्वाचन धादिङ क्षेत्र नम्बर २ मा नेकपाका उम्मेदवारले अग्रता बनाएको छ ।
हालसम्म गणना भएको रुविभ्याली गाउँपालिका वडा नम्बर १, २, ४ र ६ को ४ हजार २०७ मतमध्ये नेकपाको तर्फबाट उम्मेदवार बनेका राम बहादुर भण्डारीले ३२१ मत पाएका छन् ।
उनलाई रास्वपाका बोध नारायण श्रेष्ठले पछ्याइरहेका छन् । श्रेष्ठले २१३ मत पाउँदा एमालेका उम्मेदवार धनबहादुर घलेले ९८ र कांग्रेसका उम्मेदवार रमेश धमलाले ५० मत पाएका छन् ।