0
Shares
काठमाडौँ । रामेछापमा निर्वाचनमा खटिएका कर्मचारी सवार गाडी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाका अनुसार रामेछाप नगरपालिका–२ सिरुबारी भन्ने ठाउँमा ना ७ ख ६७६८ नम्बरको बोलेरो जिप दुर्घटनामा एक जनाको मृत्यु भएको हो ।
दुर्घटना परेको जिप भिरबाट खस्दा एक जना सुरक्षाकर्मीको मृत्यु भएको उनले जानकारी दिए । उक्त जिपमा निर्वाचनमा खटिएका कर्मचारीदेखि सुरक्षाकर्मी समेत थिए ।
गाडीमा १०/११ जना निर्वाचन कर्मचारी र प्रहरी रहेका थिए । अहिले उद्धारका काम जारी रहेको प्रमुख जिल्ला अधिकारी थापाले जानकारी दिए।
मतदानस्थल सितलदेवी मा.वि. सिरुवारी र वडा नं. ३ को वडा कार्यालय भवन साँघुटारको लागी मतपत्र लिई कर्मचारीसहित जाँदै गरेको गाडी दुर्घटना भएको हो । गाडी करिब १०० मिटर तल खसेको जनाइएको छ।