रणवीरले हटाए श्रीमती दीपिकासँगको विवाहका सबै फोटो

0 Shares

काठमाडौं । बलिउड अभिनेता रणवीर सिंहले आफ्नो इन्स्टाग्रामबाट श्रीमती दीपिका पादुकोणसँगको विवाहका तस्बीर हटाएका छन् । प्रशंसकहरूले रणवीरको सामाजिक सञ्जालमा विवाहको तस्बीर नदेखेको भन्दै प्रतिक्रिया दिएका थिए ।

भारतीय सञ्चार माध्यममा रणवीरले यी तस्बीरहरू डिलिट गरेका छन् ? वा अभिलेखमा राखेका छन् ? भन्ने अहिलेसम्म स्पष्ट भएको छैन । दीपिकाको इन्स्टाग्राम ह्याण्डलमा भने विवाहका सबै तस्बीर देखिएको छ ।

रणवीर र दीपिकाले ६ वर्षअघि विवाह गरेका थिए । यी दुईले इटालीको लेक कोमोमा १४ नोभेम्बर २०१८ मा कोन्कणी रितीरिवाजअनुसार विवाह गरेका थिए । विवाहअघि दुवैले ६ वर्ष एक अर्कालाई डेट गरेका थिए ।

सन् २०१२ मा फिल्म ‘गोलियों की रासलीला-रामलीला’को सेटमा उनीहरू घनिष्ठता भएका थिए । जुन उनीहरूको पहिलो फिल्म थियो।

‘गोलियों की रासलीलाः रामलीला’बाहेक उनीहरूले ‘पद्मावत’, ‘बाजीराव मस्तानी’ र ‘८३’ जस्ता फिल्ममा एकसाथ काम गरेका थिए ।

यसबाहेक दीपिकाले रणवीरको फिल्म ‘सर्कस’मा पनि क्यामियो गरेकी छ‍न् । चाँडै नै दुवै फिल्म ‘सिंघम अगेन’मा पनि देखिदै छन् ।

सम्बन्धित समाचार