केपी ओलीलाई जिताउनै पर्ने कारण सर्वाजनिक, भ्रष्टाचार अन्त्यदेखि देश विकाससम्म उद्देश्य

0 Shares

झापा । नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीलाई मत दिनै पर्ने ३० कारण पेश भएको छ । एमालेको झापा क्षेत्र नम्बर ५ क्षेत्रीय कमिटीले प्रकाशन गरेको अपिलमा राष्ट्रिय स्वाधीनताको रक्षादेखि भ्रष्टाचार अन्त्य गर्नका लागि ओलीलाई मत दिनुपर्ने उल्लेख गरेको छ ।

ओलीलाई नै भोट किन भन्ने शीर्षकको अपिलमा खस्किएको मनोबल उठाउन जिताउनुपर्ने उल्लेख छ । अपिलमा भनिएको छ, ‘देशमा छाएको त्रासको वातावरण अन्त्य गरी सबै नेपालीलाई शान्ति सुरक्षाको ग्यारेन्टी गर्नका लागि ओलीलाई मत दिनुपर्दछ ।’

एमालेको अपिलमा नवयुवालाई प्राविधिक शिक्षा उपलब्ध गराउन, सीपमूलक विकास गर्दै स्वरोजगारको अभिवृद्धि गर्ने जस्ता कारण रहेका छन् ।

सम्बन्धित समाचार