रास्वपा कपिलवस्तुका संगठन प्रमुख पक्राउ

0 Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कपिलवस्तु जिल्ला संगठन प्रमुख रिखिराम भट्टराईलाई प्रहरीले पक्राउ गरेको छ । बाणगंगा नगरपालिका ८ धनेषपुरका भट्टराईले प्रहरी अनुसन्धानमा रहेको बैंक कारोबारका कागजात आफ्नो फेसबुकमार्फत् सार्वजनिक गरेका थिए ।

गत माघ २६ गते भट्टराईले आफ्नो फेसबुक वालबाट कागजातहरू सार्वजनिक गरेसँगै प्रहरीले उनलाई पक्राउ गरेको हो । घृणा र द्वेष फैलाउने कार्य तथा गोपनीयता भंग गरेको उजुरी आएपछि उनमाथि विद्युतीय कारोबार ऐन २०६३ बमोजिम कारबाही प्रकृया अघि बढाइएको प्रहरीले जनाएको छ ।

भट्टराईले यसअघि पनि पटकपटक फेसबुकमार्फत् विभिन्न व्यक्तिको चरित्र हत्या गर्दै आएको प्रहरीको अनुसन्धानमा देखिएको छ । उनलाई जिल्ला अदालत कपिलवस्तुबाट तीन दिन म्याद थप गरी राखिएको छ ।

सम्बन्धित समाचार