झण्डै दुई करोड नक्कली नोटमा एनआइसी बैंक संलग्नता भएको आशंका

0 Shares

काठमाडौं । सोमबार सुनसरीको इनरुवामा बरामद गरेको करिब दुई करोड रुपैयाँ नक्कली नोटमा एनआइसी एसिया बैंकको लोगोसहितको कागज (ट्याग) प्रयोग भएको देखिएको छ ।

ट्राफिक प्रहरीले पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको भारतीय नागरिक साफीले चलाएको भारतीय गाडीमा कालो ब्यागभित्र सेतो बोरामा राखिएको एक हजार दरका १८ हजार २५१ थान नक्कली नेपाली नोट बरामद भएको थियो । उक्त नक्कली नोटमा एक करोड ८२ लाख ५१ हजार रुपैयाँ रहेको प्रहरीले जानकारी दिएको छ ।

बरामद नक्कली नोटको बण्डलमा एनआइसी बैंकको लोगोसहितको कागजले र्याप गरेको हो । एनआइसी एसिया बैंकको लोगोसहितको कागज भेटिएसँगै नक्कली नोटमा बैंकको संलग्नता भएको आशंका गर्न सकिन्छ ।

नक्कली नोटमा प्रयोग भएको कागज पनि नक्कली रहेको एनआइसी एसिया बैंक इनरुवा शाखाले जनाएको छ । नक्कली पैसा बनाउने समूहले बैंकको लोगो प्रयोग गरी नक्कली कागत बनाएर प्रयोग गरेको एनआइसी बैंकले दाबी गरेको छ ।

सोमबार जिल्ला प्रहरी कार्यालय सुनसरीमा पत्रकार सम्मेलन गर्दै बरामद भएको नक्कली नेपाली नोट, भारतीय गाडी र भारतीय नागरिकलाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ ।

सम्बन्धित समाचार