0
Shares
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले सानिमा बैंकलाई अग्राधिकार सेयर जारी गर्न अनुमति दिएको छ ।
बोर्डले दुई अर्ब रुपैयाँ बराबरको ८.२५ प्रतिशत ब्याज पाइने सानिमा अविमोच्य सञ्चिति अग्राधिकार सेयर जारी गर्ने अनुमति दिएको हो ।
बैंकले एक सय रुपैयाँ अंकित दरका कुल दुई करोड कित्ता अग्राधिकार सेयर जारी गर्ने छ ।
अग्राधिकारको लाभांश दर ८.२५ प्रतिशत तय गरिएकाले मुनाफा भएको वर्ष मात्र वितरण हुनेछ । बैंकको अग्राधिकार सेयर बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ ।