सञ्चार मन्त्री खरेल पनि रवि-बालेनको कित्तामा उभिने संकेत !

0 Shares

काठमाडौँ । अन्तरिम चुनावी सरकारका सूचना, सञ्चार तथा प्रविधि मन्त्री जगदीश खरेल राजनीतिमा पदार्पण गर्ने संकेत मिलेको छ । आगामी निर्वाचनको वातावरण बनाउन सक्रिय मन्त्री खरेल काठमाडौँ महानगरका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीचको सहमतिपछि उत्साहित देखिएका छन् ।

आइतबार बिहान रवि र बालेनबीच ७ बुँदे राजनीतिक सहमति भएलगत्तै मन्त्री खरेलले सामाजिक सञ्जालमार्फत दिएको प्रतिक्रियाले उनी ‘नयाँ शक्ति’ को कित्तामा उभिन लागेको आँकलन गरिएको हो ।

खरेलले फेसबुकमा लेखेका छन्, “नयाँ दिन, नयाँ सुरुवात १ सुन्दर र समृद्ध नेपालको सपना १ गन्तव्य तय हुँदै छ ।”

मन्त्री खरेलले पछिल्लो समय चुनावी वातावरण सहज बनाउन प्रधानमन्त्री सुशीला कार्कीको ‘दूत’का रूपमा कांग्रेस, एमाले र माओवादीका शीर्ष नेतृत्वसँग सघन संवाद गरिरहेका थिए । उनको सक्रियताकै कारण शनिबार बालुवाटारमा भएको प्रमुख दलहरूबीचको वार्ता सफल भएको मानिएको छ ।

प्रमुख दलहरूलाई चुनावी ट्र्याकमा ल्याउन सफल भएका खरेलले रवि(बालेन एकतालाई जसरी स्वागत गरेका छन्, त्यसले उनी आगामी निर्वाचनमा दलीय राजनीतिमा सक्रिय हुने र वैकल्पिक शक्तिलाई साथ दिने सम्भावना बलियो बनाएको राजनीतिक वृत्तमा चर्चा सुरु भएको छ ।

सम्बन्धित समाचार