कांग्रेसका लागि विशेष महाधिवेशन गर्नु अनिवार्य जिम्मेवारी भयोः गगन थापा

0 Shares

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन गर्नु अनिवार्य रहेको बताएका छन्।

शुक्रबार पार्टी मुख्यालयमा विशेष महाधिवेशन पक्षधरहरुको माग पत्र बुझेपछि उनले पार्टी केन्द्रीय कार्य समितिले अब विशेष महाधिवेशनको माग पूरा गर्न अनिवार्य भएको प्रतिक्रिया दिएका हुन्।

महामन्त्री थापाले मंसिर महिनाभित्र पार्टीको १५ औँ महाधिवेशन नभएपछि पुस मसान्तसम्म गर्ने भन्ने पार्टीको निर्णय बाध्यकारी व्यवस्था भएको र त्यो हुन नसकेपछि विशेष महाधिवेशनको मागअनुसार अघि बढ्नु पार्टीको लागि अनिवार्य शर्त भएको बताए।

उनले विशेष महाधिवेशनमा जाने कुरालाई अब पार्टी केन्द्रीय कार्य समितिले नै स्वीकार गर्नुपर्ने भएकाले त्यसमा आफूले थप टिप्पणी गर्न आवश्यक नभएको बताए।

उनले भने, ‘विशेष महाधिवेशन पुस मसान्तभित्र अनिवार्य गर्नुपर्ने कुरा यो अब नेपाली कांग्रेस पार्टीको केन्द्रीय कार्य समितिको अनिवार्य जिम्मेवारीभित्र पर्छ। यो हाम्रा निम्ति पनि अब ऐच्छिक विषय रहेन।’

सम्बन्धित समाचार