विश्वप्रकाश शर्माले फागुन २१ को चुनावमा उम्मेदवारी नदिने

0 Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले फागुन २१ को प्रतिनिधि सभामा उम्मेदवारी नदिने घोषणा गरेका छन्।

केन्द्रीय कार्यसम्पादन समितिको आजको बैठकमा बोल्दै उनले आफूले उम्मेदवारी नदिने बताएका हुन्।

‘हिजो पुस ९ गते झापा थिएँ, को उम्मेदवार बन्ने हो दाबी गरेर अगाडि आउनुस् भनेर आफ्नो क्षेत्रका साथीहरूलाई क्षेत्रीय भेलामै भनेको छु,’ महामन्त्री शर्माले भने।

यो कुरा आफूले गत वर्ष पुस २१ गते मेचीनगर झापाको धुलाबारीस्थित अतिथि सदनको कार्यक्रममा बोल्दै पनि भनेको उनको भनाइ छ।

 

सम्बन्धित समाचार