रास्वपासँगको तालमेलमा प्रचण्डले जनाए आपत्ति

0 Shares

काठमाडौं । नागरिक दैनिकसहित केही अनलाइन सञ्चार माध्यमले नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसँग चुनावी तालमेलको प्रस्तावबारे खण्डन गरेका छन् ।

प्रचण्डेले झुठ्ठा समाचार प्रकाशित गरेको भन्दै ध्यानाकर्षण गराएका हुन् । ‘यो समाचार पूर्णतः असत्य छ, चुनावी सहकार्यका विषयमा रास्वपासँग पार्टीका तर्फबाट संयोजक वा अन्य कुनै पनि नेताले कुराकानी गर्नु भएको छैन,’ उनले भने ।

प्रचण्डले यस्ता असत्य र सम्बन्धित पक्षबाट पुष्टि नगरी एक पक्षीय समाचार प्रकाशन नगर्न आग्रह गरेका छन् ।

सम्बन्धित समाचार