प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकमा को को नेता जाँदैछन् ?

0 Shares

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको सर्वदलीय बैठकमा विघटित प्रतिनिधिसभामा मुख्य दलहरूले दोस्रो तहका नेताहरूलाई पठाउने भएका छन् । प्रधानमन्त्री कार्कीले फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनबारे छलफल गर्न सोमबार दिउँसो १ बजे सिंहदरबारमा सर्वदलीय बैठक बोलाएकी छन् ।

बैठकमा कांग्रेसबाट सहमहामन्त्री महेन्द्र यादव सहभागी हुने पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
नेकपा एमालेबाट भने महासचिव शङ्कर पोखरेल र केन्द्रीय सदस्य महेश बर्तौला सहभागी हुने बर्तौलाले जानकारी दिए । त्यस्तै नेपाली कम्युनिस्ट पार्टीबाट नेताहरू राजेन्द्र पाण्डे, वर्षमान पुन सहभागी हुने नेता रामकुमार भट्टराईले जानकारी दिए ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट नेता शिशिर खनाल र सोविता गौतम सहमहामन्त्री विपिन आचार्यले जानकारी दिए ।

सम्बन्धित समाचार