खानेपानी महासंघका अध्यक्ष ओलीले भने–अब खानेपानी क्षेत्रले प्राथमिकता पाउने अपेक्षा छ

0 Shares

काठमाडौं । खानेपानी मन्त्रालयको जिम्मेवारी राजेन्द्रसिंह भण्डारीले सम्हालेपछि राष्ट्रिय सहरी खानेपानी उपभोक्ता तथा सरसफाइ महासंघका अध्यक्ष खेमराज वलीले विगतमा राज्यबाट खानेपानी क्षेत्रमा भएको वेवास्ता नयाँ मन्त्रीले नदोहो¥याउने अपेक्षा लिएको बताएका छन् । मन्त्री भण्डारीले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि खानेपानी महासंघका अध्यक्ष वलीले सामाजिक सञ्जालमा लेख्दै खानेपानी जनताले सर्वशुभल रुपमा पाउने उल्लेख गरेका हुन् ।

‘जनताले पिउने खानेपानीजस्तो मौलिक अधिकार को खानेपानी मन्त्र्यालय जिम्मेवारी पाउनु भएका युवा, जुझारु तथा नागरिकप्रति उत्तरदायी सरकारका माननीय खानेपानी मन्त्रीज्यूलाई सफल कार्यकालको हार्दिक शुभकामना वलीले भनेका छन्, ‘विगतमा राज्यबाट खानेपानी क्षेत्रमा भएको बेवास्ता अबको सरकारले दोहोर्‍याउने छैन भन्ने जनताको अपेक्षा छ।’

सम्बन्धित समाचार