0
Shares
काठमाडौं । हाल कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भागमा आंशिक बदली रही बाँकी भागमा मुख्यतया सफा रहेको छ ।
देशको तराई तथा उपत्यकाका केही स्थानमा हुस्सु र कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो सुदूरपश्चिम प्रदेशको पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने छ ।
महाशाखाका अनुसार आज राति कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने छ ।