0
Shares
काठमाडौं । अदालतबाट धरौटीमा रिहाइ गर्न आदेश आएसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने रिहाइ प्रक्रिया पूरा गर्न काठमाडौंबाट रुपन्देही गएका छन् ।
बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा नख्खु कारागारमा रहेका लामिछानेलाई उच्च अदालतले सशर्त रिहा गर्न आदेश दिएपछि आज बिहान हवाईजहाजमार्फत् रुपन्देही उडेका हुन् । उनीसँगै केही नेताहरू पनि गएका छन् ।
सुप्रिम सहकारी ठगीको मुद्दामा उनी आठ महिनादेखि थुनामा थिए । उनले विगो बराबरको रकम धरौटी राखेर रिहा हुन पाउनुपर्ने माग गरेका थिए । सोही मागअनुसार उनी दुई करोड ७५ लाख धरौटी बुझाएर रिहा हुने भएका हुन् ।