काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले कार्यवाहक अध्यक्षको जिम्मेवारी रश्मिराज नेपालीलाई दिएका छन् । जनमोर्चाको बुधबार बसेको बैठकले नेपालीलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको हो ।
अध्यक्ष केसीले पारिवारिक समस्या र स्वास्थ्यको कारण देखाउँदै नेपालीलाई केही समय कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको एक नेताले बताए । ‘जनमोर्चाको अध्यक्षमा ८५ वर्षका केसी नै छन् । अझै राजनीतिमा सक्रिय रुपमा लाग्नुभएको छ’ ति नेताले भने, ‘पारिवारिक कारण र स्वास्थ्य अवस्था देखाएर नेपालीका केही समय कार्यवहाक अध्यक्षको जिम्मेवारी दिएको छ । सधैंका लागि केसी कमरेडले छोडेको होइन ।’
केसीले २०४६ सालदेखि जनमोर्चाको अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका छन् । जनमोर्चाको मुल पार्टी नेकपा मसालको महामन्त्री मोहनविक्रम सिंहले नेतृत्व गर्दै आएका छन् । सिंहले उमेरले ९० वर्षको बृद्ध भए पनि लामो समयदेखि पार्टी नेतृत्व गर्दै आएका छन् ।