दु:खी गरिबको सहारा बनिरहेका कुशल उर्फ राजाराम

0 Shares

काठमाडौं । पछिल्लो समय मानिसहरु स्वार्थी बन्दै गएका छन् । आफ्नै लागि सोच्छन् । आफ्नै लागि काम गर्छन् । तर कुशल श्रेष्ठ भनिने राजाराम अलि फरक शैलीका छन् । उनी दुःखी गरिबका सहारा बन्दै आएका छन् ।

धादिङको ज्वालामुखी ४ मा जन्मेका उनी मध्यम परिवारमा जन्मिएका थिए । सानैदेखि दुःखी गरिबको पीडा देखेर मनमा नराम्रोे लाग्ने बताउने उनी पीडितको साहरा बन्दै आएका छन् । उनी विद्यार्थी कालदेखि नै सकेको सहयोग गर्दै आइरहेका छन् ।

विद्यालय जीवनदेखि उनी सामाजिक काममा सक्रिय थिए । कसैलाई दुःख पर्दा उनी त्यहाँ पुग्थे ।

उनले गरिब, असहाय, बिरामी, अपाङ्ग, बाल आश्रम, वृद्धा आश्रम तथा विपन्न परिवारलाई राहत सामग्री, आर्थिक सहयोग र सचेतना कार्यक्रम सञ्चालन गर्दै आइरहेका छन् । बाढी–पहिरो, विपद्का बेला कुसल अग्रपंक्तिमा उभिएर सेवा गरिरहेका छन् ।

पढाइमा पनि उनी पछि परेनन् । कानून अध्ययन गर्दै समाजमा न्याय र अधिकारका लागि लड्ने सपना उनले बोकेका छन् । उनको विश्वास छ- “साँचो समाज सेवा भनेको बोल्ने होइन, काम गरेर देखाउनु हो ।”

करिब १६ वर्षअगाडि धादिङबाट काठमाडौं आएका कुशल राट्रिय खेलाडी समेत हुन् । उनले कराते र किक बक्सिङ खेल्दै आएका छन् । उनी एक सफल व्यवासयी पनि हुन् ।

आज कुशल धेरैका लागि आशाको नाम बनेका छन् । उनको जीवनले एउटै सन्देश दिन्छ- इच्छाशक्ति र इमानदारी भए समाज परिवर्तन सम्भव छ ।

सम्बन्धित समाचार