मधेसका मुख्यमन्त्री यादवले विश्वासको मत पुस ४ गते लिने

0 Shares

काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पुस ४ गते प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन्।मुख्यमन्त्री यादवले बुधबार प्रदेश सभा सचिवालयलाई पत्र पठाएर विश्वासको मत लिने व्यवस्था मिलाइदिन आग्रह गरेका छन्। उनले पठाएको पत्रमा भनिएको छ, ‘नेपालको संविधानको धारा १६८ को उपधारा ९४० बमोजिम प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्न मिति २०८२ पुस ४ गते शुक्रबारको दिन दिउँसो ४ बजे विश्वासको मत लिने व्यवस्था मिलाइ दिनुहुन अनुरोध गर्दछु।’

विश्वसाको मत नलिएका कारण उनले मन्त्रिपरिषद् विस्तार गर्न पाएका छैनन्। अहिलेसम्म नेपाली कांग्रेसबाट जङ्गीलाल यादव स्वास्थ्य तथा जनसंख्यामन्त्री, नेकपा एकीकृत समाजवादीबाट गणेश पटेल उद्योग वाणिज्य पर्यटनमन्त्री, नेकपा ९माओवादी केन्द्र० बाट जवाहर कुशवाह उर्जा, सिँचाइ तथा खानेपानीमन्त्री र लोकतान्त्रिक समाजवादी पार्टीबाट रानीकुमारी तिवारी मन्त्री छन्। तिवारीलाई मन्त्रालयको जिम्मेवारी दिन बाँकी छ।

उनी गत मंसिर १९ मा ६ दलका ७७ जना प्रदेश सभा सदस्यको समर्थनमा मुख्यमन्त्री बनेका थिए। संविधानअनुसार, दुई वा दुईभन्दा बढी दलको समर्थनमा बनेको मुख्यमन्त्रीले ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्छ।

सम्बन्धित समाचार