0
Shares
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले उपाध्यक्ष विश्वक्रान्ति भनिने राजकुमार लामालाई निलम्बन गरेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले उपाध्यक्ष लामालाई पक्राउ गरेपछि साम्पाङले बुधबार बिहान फेसबुकबाट भिडिओ सन्देश जारी गरी उनलाई निलम्बन गरिएको जानकारी दिएका हुन्।
धनकुटा घर भई कपन बस्ने ५० वर्षीय लामाविरूद्ध २०६८ फागुन १५ गते काठमाडौंको बबरमहलस्थित नेपाल आयल निगमको गेटमा टाइम बम बिस्फोट गराएको आरोप छ। त्यस घटनामा तीन जनाको मृत्यु भएको, एक जना घाइते समेत भएका थिए।
कर्तव्य ज्यान र ज्यान सम्बन्धी कसूर समेतमा फरार रहेका उनलाई सुरूमा २०६९ असार १२ गते पाँचथरको भुसपातेमा विष्फोटक पदार्थसहित पक्राउ गरेको थियो।