0
Shares
काठमाडौं । इलाम-२ मा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग्रता कायमै राखेका छन् । पछिल्लो मत परिणामअनुसार उनले चार हजार ४९ मत पाएका छन् ।
उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काले तीन हजार १६० मत पाएका छन् ।
स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह लिम्बुले एक हजार ७०३ मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बुले जम्मा ५३४ मत पाएका छन् ।