नलिञ्चोक हेलिपोर्ट भ्रष्टाचार : अधिकारी र भण्डारीको आज विशेष अदालतमा थुनछेक बहस हुने

0 Shares

काठमाडौं । नलिञ्चोक हेलिपोर्ट भ्रष्टाचार आरोपमा पक्राउ परेका दुई जनाको आज विशेष अदालतमा थुनछेक बहस हुने भएको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी र तत्कालीन निर्देशक मुरारी भण्डारीलाई थुनछेक बहसका लागि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले उनीहरूलाई विशेष अदालतमा उपस्थित गराउन लागेको हो।

उनीहरूको थुनछेक न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र विदुर कोइरालाको इजलासमा हुने भएको छ।

भक्तपुरको नलिञ्चोक हेलिपोर्ट निर्माण गर्दा सम्भाव्यता अध्ययन नै नगरी हेलिपोर्ट निर्माण गरेर भ्रष्टाचार गरेको आरोप उनीहरूलाई मंसिर १७ गते (बुधबार) अख्तियारले नियन्त्रणमा लिएको थियो।

महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीसहित ६ जना र एउटा कम्पनीसहित ७ जनाविरूद्ध अख्तियारले बुधबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो।

यी सात प्रतिवादीविरूद्ध अख्तियारले १३ करोड ५७ लाख ४६ हजार २१३ रुपैयाँविरूद्ध बिगो कायम गरेको छ।

 

सम्बन्धित समाचार