मंसिर १८ गते तपाईको राशिफल कति शुभ?

0 Shares

आज मिति २०८२ मंसिर १८ गते बिहीबार । सन् २०२५ डिसेम्वर ४ तारिख । नेपाल सम्बत ११४६ कछलागा चतुर्दशी र पुर्णिमा तिथि । आज बिहान ६ बजेर ३९ मिनेटमा नेपालमा झुल्किएको घाम साँझ ५ बजेर ९ मिनेटमा अस्ताउने छ । अब सुरु गरौँ आजको राशिफलः

मेष

व्यापार तथा उद्योगतर्फ लगानी बढाउने समय छ । पहिलेको लगानी तथा श्रमबाट राम्रै प्रतिफल पाइएला । खर्च लागे पनि भविष्यका लागि विशेष काममा जग बसाउने अवसर जुट्नेछ । नजिकका साथीभाइ टाढिन सक्छन्, तर टाढाका साथीभाइसँग भने मित्रता बढ्ने छ ।

बृष

नियमित कार्यमा ढिलासुस्ती हुने देखिन्छ, तर बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । आम्दानीको तुलनामा खर्च अलि बढी हुनाले आर्थिक समस्या देखापर्न सक्छ । चोटपटकको योग रहेकोले आजको दिन सवारीसाधन तथा हातहतियारको उपयोग गर्दा विशेष सजगता अपनाउनुहोला । शक्तिशाली व्यक्तिहरू प्रतिस्पर्धामा उत्रने सम्भावना छ ।

मीथुन

नोकरीमा प्रशंसा, पदोन्नति र पढाइलेखाइमा पनि प्रगतिको समय छ । आफन्तजनको सहयोगले विशेष फाइदा होला । नयाँ नोकरी प्राप्तिको सम्भावना छ । कृषि, पशुधनबाट पनि यथेष्ट लाभ मिल्ने देखिन्छ । खर्च केही बढ्ने देखिएकाले रकम जोगाउने चेष्टा गर्नु हितकर होला । कुनै पनि कार्यमा बलजफ्तीले समस्या निम्त्याउन सक्छ, ध्यान राख्नुहोला ।

कर्कट

व्यस्तता केही बढेपनि मेहनतले नाम, दाम र इनाम हातपार्न सकिने समय छ । पुरस्कार, प्रशंसा, ख्याति आदि मिल्ने सम्भावन प्रवल छ । भौतिक साधन जुट्नुका साथै कृषिउपज र पशुधनबाट पनि राम्रै फाइदा हुनेछ । काम गरेर धेरैको मन लोभ्याउन सकिएला । प्रेम र मित्रताको बन्धन कसिनेछ । प्रतिस्पर्धी परास्त हुनेछन् । कतै आतिथ्यपूर्ण सम्मान पाइनेछ ।

सिंह

नयाँ व्यापार व्यवसाय विस्तार हुने समय छ । रोकिएका काम बन्नुका साथै आयआर्जनका स्रोतसमेत बढ्नेछन् । खुसीको समाचार सुन्न पाइनेछ । अप्ठ्यारो परिस्थितिमा गरिएको पुरुषार्थले प्रतिष्ठा दिलाउला । मित्रजनको साथ–सहयोगले दिगो आम्दानी हुने काम सुरु गर्ने मौका जुर्ला । प्रेमभाव र दामपत्यसुख बढ्ने छ ।

कन्या

मिश्रित फलदायी समय छ । स्वास्थ्यसम्बन्धी सामान्य समस्याले नियमित कार्यमा ब्यवधान पैदा गर्न सक्छ । समयमा काम सम्पन्न गर्न नसक्दा हातबाट अवसर फुत्कने देखिन्छ । सञ्चित धनको हानी–नोक्सानी हुने योगका कारण आर्थिक लेनदेनमा सजगता अपनाउनु उचित हुनेछ । राम्रै आम्दानी हुने रोजगारीको अवसर मिल्ने सम्भावना छ ।

तुला

बोलीकै भरमा काम सम्पादन गर्ने समय छ । आफन्तजनसँग असमझदारी बढे पनि शुभचिन्तकहरूले साथ दिनेछन् । सामाजिक प्रतिष्ठा जोगाउन आफ्ना योजना गोप्य राख्नुहहोला । परोपकारजन्य कार्यहरू सम्पादन हुनेछन् । प्रेम र मित्रताको गाँठो कसिन सक्छ । आफ्नो कमजोरीप्रति टिप्पणी वा गुनासो बढ्न सक्छ, सजग रही व्यवहार गर्नुहोला ।

वृश्चिक

नयाँ कार्ययोजना बन्ने र नयाँकामको सुरुवात गर्न सकिने समय छ । काम सामान्य भए पनि राम्रो आम्दानी हुने देखिन्छ । दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्ला । व्यस्तता बढ्नुका साथै रोकएको काम सम्पन्न हुने देखिन्छ । मानसम्मान वृद्धि र आम्दानी बढ्ने योग छ ।

धनु

खर्च केही बढ्ने र विशेष कामकाजमा अबरोध आउनसक्ने परिस्थिति रहेकोले हिम्मतले काम लिने समय छ । पुरुषार्थ देखाएर नाम, दाम र इनाम हात पार्न सकिनेछ । बुद्धिको उपयोगले सफलताको सूत्र पत्ता लगाउन सकिनेछ । उत्तम वस्त्र, भोजन र विशेष उपहार हातलागी हुन सक्छ ।

मकर

महत्त्वपूर्ण काममा सफलता मिल्नुका साथै आकस्मिक तवरले धनलाभ हुने समय छ । पढाइमा रूचि बढ्नेछ भने श्रमको उचित मूल्यांकन हुने देखिन्छ । खर्च लागे पनि रमाइलो यात्राको अवसर जुट्न सक्छ । मिठो भोजन प्राप्तिले सुख वृद्धि होला । आरोग्यबल बढ्नेछ । तर, कृषि तथा पशुधनबाट सामान्य मात्र फाइदा हुनेछ ।

कुम्भ

विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्ने समय छ । विपरीतलिंगी वा शुभचिन्तकहरूले साथ दिनेछन् । भूमि, वाहन र पैत्रिक सम्पत्तिको उपयोग गरी थप फाइदा उठाउन सकिनेछ । अरूको भावनालाई बेवास्ता गर्दा समस्या देखापर्नेछ । कमजोरी ढाकछोपको प्रयत्न नगर्नु उचित हुनेछ । वादविवाद र झैझगडाबाट टाढै बस्नु बुद्धिमानी सावित होला ।

मीन

शुभदायी समय छ । प्रतिभा प्रदर्शन गरेर धेरैको मन जित्न सकिनेछ । जस्तोसुकै समस्या पनि बुद्धिको उपयोगले पन्छाउन सकिएला । प्रेम र मित्रताको बन्धन कसिन सक्छ । अस्थायी पेसाबाट राम्रै फाइदा हुने देखिन्छ । नयाँ नोकरी प्राप्त हुने योग छ । दाम, इनाम र प्रतिष्ठा कमाउने अवसर जुर्ला । अध्ययन–अध्यापनमा प्रगति हुनेछ ।

सम्बन्धित समाचार