एकीकृत समाजवादी फुट्यो, झलनाथपक्षले राख्यो छुट्टै भेला

0 Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीले माओवादी केन्द्रसँग एकता गर्ने निर्णय गरेपछि सम्मानित नेता झलनाथ पक्षले असन्तुष्टि जनाउँदै बेग्लै बेला बोलाएको छ। नेता खनाल र घनश्याम भुसाल पक्षको भेला सुकेधारामा अहिले जारी छ।

खनाल पक्षले बेग्लै भेला राखेपछि नेकपा एस विभाजित भएको छ। भेलामा सम्मानित नेता खनाल भने अहिलेसम्म आइपुगेका छैनन्।
वरिष्ठ नेता घनेन्द्र बस्नेत र महासचिव घनश्याम भुसाल, स्थायी कमिटी सदस्यमा विजय पौडेल, रामकुमारी झाँक्री, जीवनराम श्रेष्ठलगायत सहभागी छन्।

अध्यक्ष नेपालले बहुमतको आधारमा हिजो माओवादीसँग एकता गर्ने निर्णय गरेका थिए। सो निर्णय लगत्तै नेता खनालले बेग्लै पार्टी गठन गर्ने घोषणा गरेका थिए।
आजको भेलाले अबको रणनीति तय गर्नेछ।

यसैबिच बैठकमा सहभागी हुन पुगेका नेता खनालले एमालेले राम्रोसँग ढोका खोले एकतामा जान सकिने प्रतिक्रिया दिएका छन् । कम्युनिस्ट आन्दोलनलाई ब्यापक बनाउन धुर्वीकरणमा जानुको विकल्प नरहेको उनले बताए ।

सम्बन्धित समाचार