0
Shares
काठमाडौं । नेपाल आयल निगमले डिजेलको मूल्य घटाएको छ । पेट्रोलको मूल्य भने यथावत् राखेको छ ।
निगमले शुक्रबार विज्ञप्ति जारी गर्दै इन्डियन आयल कर्पोरेशन (आईओसी)बाट प्राप्त नयाँ मूल्यअनुसार मूल्य समायोजन गरिएको जानकारी दिएको हो ।
आईओसीबाट प्राप्त नयाँ मूल्य सूचीमा पेट्रोल प्रतिलिटर ०.०३ र हवाई इन्धनमा ०.८६ ले बढेको तथा डिजेलमा १.१९ ले घटेर आएको निगमले जनाएको छ ।
तर, निगम सञ्चालक समितिको शुक्रबारको निर्णयानुसार पेट्रोलको मूल्यमा कुनै परिवर्तन नगरी स्थिर राखिएको छ । डिजेल र मट्टितेलको खुद्राबिक्री मूल्यमा भने प्रतिलिटर १ ले घटाइएको छ ।
यस्तै, हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर १ ले बढाइएको छ भने अन्तर्राष्ट्रियतर्फ काठमाडौंका लागि प्रतिकिलोलिटर ७ अमेरिकी डलर बढाइएको छ ।