थापाथलीमा काठमाडौं महानगरपालिकाको डोजर चल्यो

0 Shares

काठमाडौं । काठमाडौंको थापाथलीमा शुक्रबार दिउँसो काठमाडौं महानगरपालिकाले डोजर चलेको छ ।

अनधिकृत संरचना हटाउन महानगरले डोजर चलाएको हो । शुक्रबार बिहान मात्रै महानगरले अतिक्रमण गरिएको सार्वजनिक जग्गा खाली गर्न सूचना जारी गरेको थियो ।

१२ मंसिर २०७९ मा पनि महानगरले यही बस्ती खाली गराउने प्रयास गरेको थियो । त्यतिबेला अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति र काठमाडौं महानगरपालिकाको टोली बस्ती खाली गराउने सूचना पाएपछि उक्त क्षेत्रका स्थानीयहरु प्रर्दशन गरेका थिए ।

 

सम्बन्धित समाचार