0
Shares
काठमाडौँ । तुइन खोला पुल नजिक खसेका ढुंगाहरू पन्छाएपछि मुग्लिन–नारायणगढ सडकखण्डमा सवारी आवागमन पुनः सुरु भएको छ ।
माथिबाट ढुंगाहरू खसेका कारण केही समयका लागि अवरुद्ध भएको सडकखण्ड ढुङ्गा झर्ने क्रम रोकिएपछि मेसिन प्रयोग गरी पहिरो हटाई सञ्चालनमा ल्याइएको हो । सडक डिभिजन कार्यालय भरतपुरले हाल सडक सञ्चालनमा आएको पुष्टि गरेको छ ।
सावधानी अपनाउन आग्रहः
सडक डिभिजन कार्यालय भरतपुरले तुइन खोला क्षेत्र पहिरोको उच्च जोखिम मा रहेकाले यात्रा गर्ने सबैलाई विशेष सावधानी अपनाउन अनुरोध गरेको छ । गन्तव्यमा जानुअघि सडकको अवस्था बुझेर मात्र यात्रा गर्न र सवारी साधन चलाउँदा विशेष सावधानीका साथ चलाउन आग्रह गरेको छ ।