0
Shares
काठमाडौं । काठमाडौं महानगरपालिकाले सात दिनभित्र अतिक्रमित जग्गा तथा मापदण्ड विपरीतका संरचना खाली गर्न अनुरोध गरेको छ।
एक सूचना सार्वजनिक गर्दै असोज २ गतेको काठमाडौं महानगरपालिका र काठमाडौं उपत्यका प्राधिकरणको निर्णय अनुसार सात दिनभित्र अतिक्रमित जग्गा र मापदण्ड विपरीतका संरचना खाली गर्न अनुरोध गरिएको छ।
अतिक्रमित जग्गा खाली गरेर मापदण्ड विपरीतका संरचना सात दिनमा नहटाए कारबाही गरेर खाली गर्ने जानकारीसमेत सूचनामा गरिएको छ। यसअघि काठमाडौं महानगर प्रमुख बालेन्द्र साहको यो अभियान विभिन्न विवादका कारण रोकिएको थियो ।