काठमाडौं । उज्यालो र खुसीको पर्व तिहारका लागि घर सजाउने जिम्मा भेटायोलाई दिन सकिने भएको छ । घर झिलिमिलीसहित उज्यालो पार्न भेटायोले सजिलो र झन्झटमुक्त उपाय झिलिमिली लाइट्स प्याकेज ल्याएको हो ।
भेटायोको प्याकेज ६१ रूपैयाँबाट सुरु हुनेछ । जहाँ ग्राहकले आफ्नो घरअनुसार २० देखि ८० लाइट्स रोज्न सक्ने छन् । यस प्याकेजमा इन्स्टलेसन, टेप, वायर, जडान शुल्क र डिसम्यान्ट लिङ्ग सबै समावेश छ ।
ग्राहक आफैसँग भएको झिलिमिली लाइट जडान मात्र गर्न चाहे पनि भेटायोका अनुभवी इलेक्ट्रीसियनले प्रतिस्ट्रिप ११० रूपैयाँमा सुरक्षित र छरितो रूपमा जडान गर्न सकिने छ ।
यसका साथै तिहारअघि घर सफा गर्न, कपडा धुन वा प्लम्बिङ्ग मिलाउन पनि सहकार्य गर्न सकिने छ । यसका लागि भेटायो एपबाट आफ्नो आवश्यकअनुसार डिमाण्ड गर्न सक्ने छन् । यसका साथै ९८०१०८८०८० र ९८०११८२३१५ मार्फत सम्पर्क गर्न सकिने छ ।